धादिङमा शनिबार थप ८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका, धुनीबेशि नगरपालिकाका ३ ३ जना र गजुरी गाउपालिकाका २ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२, १०, ४ का क्रमश ३०, २७, ३९ बर्षीय पुरुष, धुनीबेसि नगरपालिका वडा नम्बर ८ का १७, ३३ बर्षिय पुरुष, धुनीबेसि नगरपालिका वडा नम्बर २ का ५६ बर्षिय पुरुष, गजुरी गाउपालिका वडा नम्बर ७ का ३० बर्षीया महिला र गजुरी गाउपालिका वडा नम्बर २ का २० बर्षीय पुरुष रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार २ सय १५ पुगेको छ ।