२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १ हजार २ सय ४२ पुग्यो

धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १ हजार २ सय ४२ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा सोमबार थप १४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ५ जना, गजुरी गाउपालिकाका ३ जना, धुनीबेशि नगरपालिका र गंगाजमुना गाउपालिकाका २/२ जना, बेनिघाट रोराङ गाउपालिका र थाक्रे गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २३, ८० बर्षको महिला, ७८ बर्षको पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ र १२ का क्रमश ७२, ४६ बर्षको महिला, गजुरी गाउपालिका वडा नम्बर २ का ४२, ७० बर्षको पुरुष, गजुरी गाउपालिका वडा नम्बर १ का ४८ बर्षका महिला, धुनीबेशि नगरपालिका वडा नम्बर २ का ४२ बर्षका पुरुष, धुनीबेशि नगरपालिका वडा नम्बर ५ का ७० बर्षका महिला, गंगाजमुना गाउपालिका वडा नम्बर १ र ३ का क्रमश २८, १८ बर्षका पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ५ का ३३ बर्षका पुरुष र थाक्रे गाउपालिका वडा नम्बर ११ का ६० बर्षका महिला रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार २ सय ४२ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।