२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पतालमा पिसिआर ल्याव स्थापना हुने

धादिङ अस्पतालमा पिसिआर ल्याव स्थापना हुने
सेयर गर्नुहोस्
०सेयर

धादिङ अस्पतालमा कोरोना भाईरस (कोभिड-१९) परिक्षणको लागि पिसिआर ल्याव स्थापना गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर मेसिनको लागि लागि १ करोड बजेट विनियोजन भएसँगै धादिङ अस्पतालमा पनि ल्याव स्थापना हुने जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले जानकारी दिनुभयो ।

औपचारिक निर्णय भईनसकेको भएपनि पिसिआर ल्याव स्थापनाको लागि स्थानिय तहहरुसँग समन्वयको काम भने भईरहेको प्रमुख नेपालले बताउनुभयो ।

ल्यावको लागि बजेट आएको भएपनि भौतिक संरचना र ल्याव संञ्चालनको लागि आवश्यक पर्ने जनशक्तीको लागि चाहिने बजेटको लागि स्थानिय तहसँग समन्वय गरिने उहाँले बताउनुभयो । नुवाकोट अस्पतालमा संञ्चालनमा रहेको ल्यावको निरिक्षणको लागि बुधबार त्यसतर्फ जाने पनि बताउनुभयो ।
पिसिआर ल्याव स्थापना हुने भनिएसँगै धादिङका नागरिकहरु खुशी भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।