२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार २ सय ५६ पुग्यो

धादिङमा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार २ सय ५६ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका २ जना, खनियाबास गाउपालिका र बेनिघाट रोराङ गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का १९ बर्षीया महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का ३७ बर्षीय पुरुष, खनियाबास गाउपालिका वडा नम्बर ३ का २१ बर्षीय पुरुष र बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ९ का ६५ बर्षीया महिला रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीको सङ्ख्या १ हजार २ सय ५६ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।