निलकण्ठ नगरपालिका वडा न १ मा रहेको आहलडाँडा नगर स्वास्थ केन्द्रबाट प्रवाह गरिने स्वास्थ्य सेवाको बुधबार निरिक्षण गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत नगर स्वास्थ केन्द्रबाट प्रवाह गरिने स्वास्थ्य सेवा बारे एक कार्यक्रमका विच जानकारी लिइएको हो ।
स्वास्थ्य सस्था नियमित खुल्ने समय, दरबन्दी बमोजिम स्वास्थ्य सस्थाका कर्मचारी, स्वास्थ्य सस्थामा काम गर्ने कर्मचारीको व्यावहार, सेवा ग्राहीको पहुँच लगाएतका बारेमा जानकारी लिइएको थियो ।
खोप केन्द्रमा नागरिकको पहँुचको अवस्था, परिवार नियोजन सेवामा नागरिकको पहुँच, गाउँ क्लिनिक नियमित सञ्चालनको अवस्था, सरुवा रोगको उपचार कक्षाको व्यवस्थापन र स्वास्थ्य सस्थाले नियमित उपलव्ध गराउनु पर्ने निशुल्क औषधीको अवस्थाका बारेमा स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट मनोज श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
त्यसै गरि फोहर मैला व्यावस्थापन, स्वास्थ्य सस्थाको समग्र भौतिक अवस्था लगाएत लक्षित बर्गका लागि सञ्चालित विशेष कार्यक्रमका बारेमा जानकारी लिइएको थियो ।
कार्यक्रममा निलकण्ठ नगरपालिकाका स्वास्थ्य सयोंजक विष्णुप्रसाद रिजाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमिल्सेना, शान्ति नेपालका परियोजना सयोंजक इन्द्रमान शाक्य, गैर सरकारी सस्था महासघ धादिङका सचिव शालिकराम दुवाडी, पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम सयोंजक शेर बहादुर भण्डारी लगाएत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिकाका स्वास्थ्य सयोंजक विष्णु रिजालले स्वास्थ्य केन्द्रको सेवालाइ थप प्रभावकारी बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।











