२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शिक्षा शाखाका प्रतिनिधिहरुका लागि धादिङवेशींमा अभिमुखीकरण कार्यक्रम संञ्चालन

शिक्षा शाखाका प्रतिनिधिहरुका लागि धादिङवेशींमा अभिमुखीकरण कार्यक्रम संञ्चालन
सेयर गर्नुहोस्
०सेयर

धादिङवेशींमा २ दिनदेखि संञ्चालित शिक्षा नीति तथा कार्यक्रम सम्बन्धी अभिमुखीकण कार्यक्रम विहिबार सकिएको छ । जिल्ला शिक्षा समन्वय ईकाई धादिङले कार्यक्रमको आयोजना गरेको हो ।

शिक्षाका कार्यक्रम कार्यन्वयनको अन्योलतालाई एकरुपता ल्याउन र स्थानिय तहका विद्यालयहरुलाई पुगनपुग बजेटको बाँडफाँड लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । स्थानिय तहका पदाधिकारीहरुका लागि संञ्चालित अभिमुखीकरण कार्यक्रममा शिक्षाका कार्यक्रम, स्थानिय तहबाट शिक्षा समन्वय ईकाईमा गर्नुपर्ने रिपोटिङ, खर्च निकासी, शिक्षकका तलव लगायत शिक्षा नितिका ११ सुचकहरुका विषमा छलफल गरिएको थियो ।

कार्यक्रममा छलफल भएका विषयवस्तुमाथी जिल्ला शिक्षा समन्वय समितिका प्रमुख अम्बीका आचार्य र शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा १३ ओटै स्थानिय तहका शिक्षा शाखामा कार्यरत कर्मचारी तथा शिक्षक संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।