२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस संक्रमितको संख्या सङ्ख्या १ हजार २ सय ६८ पुग्यो

धादिङमा कोरोना भाईरस संक्रमितको संख्या सङ्ख्या १ हजार २ सय ६८ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा विहिबार ८ बर्षका बालक सहित १२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा खनियाबास गाउपालिकाका ४ जना, नीलकण्ठ नगरपालिकाका ३ जना, गंगाजमुना गाउपालिका, बेनिघाट रोराङ गाउपालिका, थाक्रे गाउपालिका, सिद्धलेक गाउपालिका र ज्वालामुखी गाउपालिकाकका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा खनियाबास गाउपालिका वडा नम्बर ४ का २२, २३ बर्षका महिला, खनियाबास गाउपालिका वडा नम्बर ५ का ४० बर्षका पुरुष, खनियाबास गाउपालिका वडा नम्बर ३ का ८० बर्षका महिला, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २२, २७ बर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का २४ का महिला, गंगाजमुना गाउपालिका वडा नम्बर ४ का ३८ बर्षका पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ३ का २३ बर्षका महिला, सिद्धलेक गाउपालिका वडा नम्बर १ का ८ बर्षका बालक, थाक्रे गाउपालिका र ज्वालामुखी गाउपालिका वडा नम्बर २ का ३८/३८ बर्षका पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या सङ्ख्या १ हजार २ सय ६८ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
सुष्मा गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।