धादिङका मंगलबार थप ४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो सँगै धादिङमा कोरोना भाईरस संक्रमितको संख्या १३ सय ४ जना पुगेको छ ।
मंगलबार थपिएका कोरोना संक्रमितहरुमा नीलकण्ठ नगरपालिका, रुबीभ्याली खनियाबास र सिद्धलेक गाउँपालिकामा १÷१ जना रहेको स्वास्थ्य कार्यालय धादिङले आधिकारिक फेसबुक मार्फत जानकारी गराएको छ ।
धादिङमा कोरोनाका कारण मृत्यु हुनेमा नीलकण्ठ नगरपालिकामा ६ जना, गजुरी गाउँपालिका र त्रीपुरासुन्दरी गाउँपालिकामा २/२ जना र सिद्धलेक, नेत्रावती डब्जोङ, गंगाजमुना, बेनीघाट रोराङ गाउँपालिकामा १/१ जना रहेका छन् ।
अहिले सम्म धादिङमा कोरोना संक्रमित मध्ये ११ सय ८ जना निको भएर घर फर्कि सकेका छन् भने १४ जनाको मृत्यु भएको छ ।