२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन नेकपाका महासचिव विष्णु पौडेलको प्रस्ताव

पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन नेकपाका महासचिव विष्णु पौडेलको प्रस्ताव
सेयर गर्नुहोस्
०सेयर

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिर १८ मा स्थायी कमिटी बैठक बस्ने जानकारी दिनुभयो । यस्तै मंसिर १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठकलाई मंसिर २५ गतेसम्मका लागि सार्ने निर्णय पनि भएको छ ।

यस्तै अर्को सचिवालय बैठक मंसिर १३ गते बस्ने छ । १३ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष ओलीले पेश गर्ने प्रस्तावबारे पनि छलफल हुनेछ । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपीशर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव पेश गर्ने बताउनुभएको थियो । गतशुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव सचिवालयमा पेश गर्नुभएको हो ।

यसैबीच, नेकपाका महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव गर्नुभएको छ । बुधबार बसेको सचिवालय बैठकमा उहाँले सो प्रस्ताव राख्नुभएको हो । सचिवालयका सबै सदस्य असफल भएको भन्दै उहाँले सबैले सामूहिक राजीनामा दिन प्रस्ताब गर्नुभएको थियो । उहाँले पार्टीको जिम्मेवारी नयाँ पुस्तालाई दिन र सचिवालयमा पनि नयाँ पुस्ता ल्याउन प्रस्ताव गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।