२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

खानीखोलामा ट्रकको ठक्करबाट एक वालकको घटनास्थलमै मृत्यु

खानीखोलामा ट्रकको ठक्करबाट एक वालकको घटनास्थलमै मृत्यु
सेयर गर्नुहोस्
०सेयर

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिकाको खानीखोलामा भएको सवारी दुर्घटनामा एक जना वालकको मृत्यु भएको छ ।

काठमाण्डौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकले धुनिबेशी ७ निवासी स्थानिय ८ बर्षीय रितेश तामाङलाई ठक्कर दिदा वालकको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

बालकको मृत्युपछि स्थानिय नागरिकहरुले राजमार्ग दुबैतर्फी बन्द गरेका छन् । घटना भएको केहि समयपछि एक तर्फि खुलेको राजमार्ग स्थानियहरुको अबरोधका कारण दुबै तर्फी बन्द भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा रहेका छन ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।