सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङले मंगलबार धादिङबेशीबजारमा दीप प्रज्ज्वलन गरिएको छ । नोभेम्वर २५ तारिक अर्थात् भोलिदेखि सुरु हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरिएकोे हो ।

सहयात्री समाज नेपाल धादिङका कार्यकारी निर्देशक एवम् महिला मानवअधिकारकर्मी राधिका सापकोटा, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङकी अध्यक्ष एवम् महिला मानवअधिकारकर्मी गायत्री खतिवडा, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीतामा दीप प्रज्ज्वलन गरिएको हो ।

हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिन नै अभियानको  रुपमा विभिन्न सचेतनामुलक कार्यक्रम गरेर मनाउदै आएको छ ।

Facebook Comments