साहस नेपालले धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ का महिलाहरुलाई  बाख्राका विउ पाठी बितरण गरेको छ । २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाका दरले ३३ वटा बाख्राका बिउ पाठी बितरण गरेको सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले बताउनुभयो  ।

सहयोगी हातहरुको समूह (सहास) नेपाल, स्थानिय प्रयासमा जिबिको पार्जन सुधार परियोजना (इल्लिप)को सहयोग तथा थाक्रे गाउँपालिकाको समन्वयमा बाख्रा बितरण गरेको हो । माझ गाउँ नमुना महिला कृषक समूहका ६ जना र ससिराङ काउलेको मखमली कृषक समूहका ५ जना गरि ११ जनाका लागी बाख्रा वितरण गरिएको छ ।

बाख्रा वितरण गर्नुहुँदै सहास नेपालका परियोजना अधिकृत हरि प्रसाद अधिकारीले उचित ब्यवस्थापनका लागी कृषक स्वयं जिम्मेवार रहुनपर्ने, समूह,परियोजना र वडा कार्यालयबाट समेत नियमित अनुगमन हुने बताउनुभयो । समूहमा आवद्ध महिलाहरुको आय आर्जनमा थप टेवा पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएको परियोजना अधिकृत अधिकारीले बताउनुभयो ।

अहिले बाख्रा लिएका सदस्यहरुले १ बाख्राको अर्को १ पाठी समूहमा उपहार दिनेछन् र समूहले पुनअन्य सदस्यलाई पालैपालो बितरण गर्नेछ । बाख्रा वितरण कार्यक्रममा वडा अध्यक्ष अध्यक्ष केशव प्रसाद प्याकुरेल, कार्यपालिका सदस्य कृषणमायाँ आले र अन्य वडा सदस्यहरुको समेत उपस्थिती रहेको थियो । गाउँमा नमुनाको रुपमा बाख्रा पालन कार्यलाई अघि बढाउने र श्रोत केन्द्रको रुपमा बिकास गर्ने योजना रहेको सदस्यहरुले बताएका छन् ।

Facebook Comments