२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिशुली नदीमा पिकअप भ्यान खस्यो, तीन जना वेपत्ता

त्रिशुली नदीमा पिकअप भ्यान खस्यो, तीन जना वेपत्ता
सेयर गर्नुहोस्
०सेयर

त्रिशुली नदीमा पिकअप भ्यान खसेर दुर्घटना हुदाँ तीन जना वेपत्ता भएका छन् । प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ स्थित नाग्दी खोलाबाट बिहिबार विहान ५ः ३० बजे करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाका अनुसार भ्यानमा चालक सहित चार जना सवार थिए । एक जना भने पौडिएर बाँच्न सफल भएका छन् ।

भ्यानमा सवार प्युठानका ३८ बर्षिय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल हुनुभएको हो । रोक्काको अवस्था अहिले मध्यम रहेको र पुरानो मेडिकल कलेज मा उपचार भइरहेको ईक्छाकामना एफएमले जनाएको छ ।

बेपत्ता हुनेहरुमा पौडिएर बाँच्नुभएका मुकुन्द बहादुर रोक्काका छोरी (बिरामी ) बर्ष १५ की जिनिसा रोक्का, उनकी श्रमती बर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ बर्षिय को सुर्य के.सी. रहेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा खोजी कार्य जारी रहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।