धादिङमा आईतबारथप १८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिकाका ५ जना, गजुरी गाउपालिका र त्रिपुरासुन्दरी गाउपालिकाका ४/४ जना, बेनिघाट रोराङ गाउपालिकाका २ जान, खनियाबास गाउपालिका, थाक्रे गाउपालिका, ज्वालामुखी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २ जना महिला, १ जना पुरुष, नीलकण्ठ नगरपालिका ५ र ६ का १/१ जना पुरुष, गजुरी गाउपालिका वडा नम्बर ५ का २ जना पुरुष, गजुरी गाउपालिका वडा नम्बर १ र ६ का १/१ जना पुरुष, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का ३ जना पुरुष, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ५ का १ जना महिला, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ९ का २ जना पुरुष, खनियाबास गाउपालिका वडा नम्बर २ का १ जना पुरुष, थाक्रे गाउपालिका वडा नम्बर ७ का १ जना महिला, ज्वालामुखी गाउपालिका वडा नम्बर ४ का १ जना पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ५ पुगेको छ । त्यस्तै कोरोना भाइरससगँ मल्दिोजुल्दो लक्षण देखिएका बेनिघाट रोराङ गाउपालिकाका २४ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणका लागि पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

Facebook Comments