
गल्छी गाउँपालिकाको बैरेनी स्वास्थ्य चौकीमा अस्पताल शिलान्यास कार्यक्रम : तस्विर पत्रकार शिवराज आचार्य
धादिङ जिल्लाभित्रमा बन्ने ५ वटा ग्रामीण अस्पताल भवनको सोमबार एकैदिन शिलान्यास गरिएको छ ।
सरकारले धादिङ जिल्लाभित्रका सबै स्थानीय तहमा स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले अस्पताल बनाउन लागेको हो । सोमबार धादिङमा एकैदिन ५ वटा स्थानीय तहमा बन्ने ५ वटा अस्पताल भवनको शिलान्यास गरिएको छ ।
बाग्मती प्रदेश सरकारअन्तर्गत धादिङको गंगाजमुना गाउपालिकाको वडा नम्वर ५ फुलखर्कमा ५ शैया, बेनिघाटरोराङ गाउपालिकाको वडा नम्वर ७ बेनिघाटमा १० शैया, त्रिपुरासुन्दरी गाउपालिकाको वडा नम्बर २ माझगाउमा १५ शैया, ज्वालामुखी गाउपालिकाको वडा नम्व्र २ मैदीमा १५ शैया, , गल्छी गाउपालिकाको वडा नम्बर ६ बैरेनीमा १५ शैयाको अस्पताल बन्न लागेका जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले जानकारी दिनुभयो ।
सोमबार धादिङको ५ पालिका सहित देशभरका ३ सय ९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिएको हो । सरकारले धादिङमा ५ सहित देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ ।
पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सरकारले आज एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो ।
सोमबार शिलान्यास भएका सबै अस्पताल भवनहरु २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।