२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ६६ पुग्यो

धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ६६ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मंगलबार कोरोना भाईरस संक्रमण पुष्टी हुनेमा वेनिघाट रोराङ गाउँपालिकाका ४ जना, सिद्धलेक गाउँपालिकाका १ जना र धुनिवेशी नगरपालिकाका एक जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

संक्रमण पुष्टी हुनेमा वेनिघारोराङ गाउँपालिका वडा नम्बर ७ का ४० वर्षिय पुरुष, ३९ वर्षिया २ जना महिला, वडा नम्बर ९ का ५२ वर्षिय पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षिय पुरुष र धुनिवेशी नगरपालिकाका वडा नम्बर ६ का २८ वर्षिय पुरुष रहेका छन् । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १४ सय ६६ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।