२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ अस्पतालमा तिम्ल्याह शिशु जन्मियो

धादिङ अस्पतालमा तिम्ल्याह शिशु जन्मियो
सेयर गर्नुहोस्
०सेयर

धादिङ अस्पतालमा शल्यक्रियाद्वारा पहिलो पटक एक महिलाले तिम्ल्याह शिशुलाई जन्म दिईएकी छिन् ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ की ३७ बर्षिय महिलाले तीन छोरीलाई जन्म दिएकी धादिङ अस्पतालका सुचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । २५ सय, १८ सय र १५ सय ग्रामका तिम्ल्याह छोरीहरुलाई जन्म दिईएको सूचना अधिकारी विकले जानकारी दिनुभयो ।

शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनिसा श्रेष्ठ, डा.पुजश र्माचार्य,डा.सबिन भन्डारी, स्वास्थ्यकर्मी लेख बहादुर श्रेष्ठ, स्टाफ नर्सहरु बिमला तिमिल्सिना महरा,एस्तर तामाङ , सरस्वती मल्ल लगायतको समूहले शल्यक्रियामा सहयोग गर्नुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।