
धादिङमा मंगलबार थप ८ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुने ८ जना सबै गल्छी गाउपालिकाको रहेकोे स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा गल्छी गाउपालिका वडा नम्बर ६ का २५/२५ बर्षका २ जना पुरुष, ४१ बर्षका महिला, गल्छी गाउपालिका वडा नम्बर १ का ४९ र ३६ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर २ का ३२ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर ३ का ४० बर्षका महिला र गल्छी गाउपालिका वडा नम्बर ४ का २२ बर्षका महिला रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ९८ पुगेको छ ।