सदरमुकाम धादिङबेशीस्थित पुछार बजारचोकमा मिलन डेण्टल क्लिनिकको विहिबार उद्घाटन गरीएको छ । डेण्टल क्लिनिकको एक समारोहका विच नीलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख ढुङ्गानाले जति क्लिनीक बढ्यो त्यति नै जनतालाई फाईदा हुने बताउनुभयो । बदलिदो समय अनुसार मानव स्वास्थ्य अन्तरगत पर्ने दन्त स्वास्थ्यको उपचार पनि अपरिहार्य रहेकाले मिलन डेन्टलले नागरिकलाई सर्वसुलभ शुल्कमा महत्वपूर्ण सेवा प्रवाह गर्ने विश्वास व्यक्त  गर्नुहुँदै प्रमुख ढुङ्गानाले सफलताको कामना पनि गर्नुभयो ।

स्वास्थ्य सेवाको एउटा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको दन्त स्वास्थ्य सेवालाइ सहज र प्रभावकारी रुपमा नागरिकहरुलाई सेवा दिने उद्देश्यले डेन्टलको शुभारम्भ गरिएको डेन्टलका सञ्चालक मिलन बराईलीले जानकारी दिनुभयो । गत बर्ष बागमती प्रदेशबाट उत्कृष्ट कर्मचारीको रुपमा समेत सम्मानित मिलन बराइली लामो समयदेखी दन्त सेवामा रहेर काम गरिरहनुभएको छ ।

डेण्टल क्लिनिकमा दातँ तथा मुखमा रहेका रोग पत्ता लगाउने, दाँत सफा गर्ने, दाँत भर्ने, बच्चाहरुको दाँत किरा नलाग्ने औषधी लगाउने लगायतका सेवा उपलब्ध रहेको सञ्चालक बराईलीले बताउनुभयो ।

Facebook Comments