२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोभिड १९ विरुद्धको खोप : धादिङमा विहिबार १ सय २८ जनाले लगाए खोप

कोभिड १९ विरुद्धको खोप : धादिङमा विहिबार १ सय २८ जनाले लगाए खोप
सेयर गर्नुहोस्
०सेयर

धादिङमा कोभिड १९ विरुद्धको खोप विहिबार पनि लगाइएको छ । पहिलो चरणको खोप अभियान अन्तर्गत विहिबार १ सय २८ जनालाई खोप लगाइएको छ ।

जसमा त्रिपुरासुन्दरी गाउपालिका, गल्छी गाउपालिका, गजुरी गाउपालिका, बेनीघाट रोराङ गाउपालिका र नेत्रावती डबजोङ गाउपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने व्यक्तिहरुको लागि खोप लगाईएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

बुधबारदेखि सुरु भएको खोप अभियान माघ २० गतेसम्म संचालन हुने छ । केही कारणले खोप लगाउन छुटेको खण्डमा माघ २४ गते खोप लगाउन सकिने जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । छिमेकी देश भारतबाट प्राप्त भएको कोभिशिल्ड नामक खोप धादिङमा १८ वर्षभन्दा माथिका १३ सय ४० जनालाई लगाइने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।