धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ स्थित गंगतेमा बाख्रा उपहार प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत बिहिवार २१ जनालाई बाख्रा वितरण गरिएको हो ।

सिद्धलेकै भुमेस्थान र सरस्वती स्वावलम्बी महिला समुहले यसै समुहका सदस्यहरुलाई बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस समेत वितरण गरीएको थियो । भुमेस्थान स्वावलम्बी महिला समुहका अध्यक्ष पुष्प कुमारी सिम्खडाको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्र सिलवालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजम ईश्वरी कोईराला, उपहार महिला सहकारीका अध्यक्ष सुनिता सिलवाल, व्यवस्थापक हरि तिमल्सिना संचारकर्मीहरु, सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरको समेत सहभागीता रहेको सामाजिक परिचालक बिनोद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिका वडा नं १ का वडाध्यक्ष चन्द्र सिलवाललेले महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो । आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो । वडाध्यक्ष सिलवालले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा आफ्नो भनाई राख्दै प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको साथै स्थानीय सीप, प्रविधि ,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । सिद्धलेक गाउँपालिकामा हाल मुल तथा उपहार गरि ६९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनुभयो ।

Facebook Comments