२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सदरमुकाम धादिङवेशींमा मसाल जुलुस, झडपमा परि २ जना घाईते

सदरमुकाम धादिङवेशींमा मसाल जुलुस, झडपमा परि २ जना घाईते
सेयर गर्नुहोस्
०सेयर

नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल पक्षले बुधबार सदरमुकाम धादिङवेशींमा मसाल जुलुस निकालेको छ ।

मंगलबार सरकारले संवैधानिक निकायका पदाधिकारीहरु नियुक्ती गरेकोे विषयलाई लिएर जुलुस निकालेको हो । बुधबार धादिङको विचबजार, पुछारबजार, शान्तबजार चोकबाट जुलुस निकालेका छन् ।

जुलुसका क्रममा झडप समेत भएको छ । झडपमा परि लक्ष्मण रम्तेल र कृष्ण प्रसाद अर्याल घाईते भएका छन् ।

संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गर्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।