आज धादिङसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा आएको परिवर्तनका कारण यस वर्ष माघ महिनाको अन्तिममा आएर वर्षा र हावाहुरीसँगै उत्तरी धादिङको विभिन्न वस्तीमा हिउ परेको स्थानीयहरुले बताएका छन् ।

धादिङको उत्तरी धादिङको रुवीभ्याली गाउपालिका, खनियाबास, गंगाजमुना, नेत्रावती डबजोङ गाउपालिकासहित निलकण्ठ नगरपालिकाको वडा नम्वर १४ धुवाकोट क्षेत्रमा पनि वर्षासँगै हिउ परेको  त्यहाका स्थानीयहरुले जानकारी दिएका छन् । वर्षाका कारण आम सर्वसाधारणले चिसो बढेको महसुश गरेका छन् ।

भोलीबाट मौसममा सुधार हुने महाशाखाले जनाएको छ । हिउँदे वर्षा कुरिरहेका किसानहरुले भने पानी परेपछि केही राहतको महसुश गरेका छन् । हिउँ परेसँगै धादिङको उत्तरी क्षेत्र लगायतका उच्च भेगहरुमा अत्यधिक चिसो बढेको छ । हिमपात भएसँगै किसानहरु पनि उत्साहित बनेका छन् ।

Facebook Comments