२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मैदी अमराईमा आईचर दुर्घटनामा परि ५ जना घाईते

मैदी अमराईमा आईचर दुर्घटनामा परि ५ जना घाईते
सेयर गर्नुहोस्
०सेयर

धादिङको ज्वालामुखी गाउपालिका वडा नम्बर ३ मैदी अमराईमा आइचर दुर्घटना हुदा ५ जना घाइते भएका छन् ।

आइतबार दिउँसो मैदीेबाट धादिङबेशीतर्फ आउँदै गरेको बा ५ ख ६३२४ नम्बरको आईचर अनियन्त्रीत भई दुर्घटना भएको डिएसपि लोकनाथ तिमल्सीनाले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा ज्वालामुखी गाउपालिका वडा नम्बर १ का आइचरका चालक सुजन कार्की, ज्वालामुखी गाउपालिका वडा नम्बर ३ का २८ बर्षका मनिसा श्रेष्ठ, ४३ बर्षका मिश्री माया श्रेष्ठ, ३ बर्षका बालिका रुपा श्रेष्ठ र ५२ बर्षका मिठ्ठु श्रेष्ठ रहेको छन् । घाईतेहरु ५ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।