
तामाङ समुदायले आज २८५७ औं सोनाम ल्होछार अर्थात् नया वर्ष मनाउदैछन् छन् ।
आजदेखि मुसा वर्षलाई विदाई गर्दै ल्वोङ ल्हो गाई वर्षलाई स्वागत गरि मनाईदैछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिन्छ ।
विगतका वर्षहरुमा धुमधामका साथ मनाईने तामाङ ल्होछार यस वर्ष भने कोरोना भाईरको जोखीमका कारण कुनै पनि कार्यक्रमको आयोजना नगरिएको नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले जनाएको छ ।
आज आफ्नो परिवार सँग घरमै बसेर वा सिमिति व्यक्तीहरु मात्रै भेला भएर ल्होछारको शुभकामना आदन प्रदान गरेर मनाउदैछन् । सरकारकाले ल्होछारको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।