
२०७२ सालको महाभुकम्पले जिल्लाका सयौं भौतिक संरचनाहरु क्षतविक्षत भए । त्यसमा धेरैजसो विद्यालय भवन पनि क्षति भएका कारण पठनपाठनमा समेत समस्या भयो । विस्तारै अस्थाई भवन बनाएर नियमित पठनपाठन भयो र विस्तारै पक्की भवन निर्माणको काम शुरु भयो । अहिले जिल्लाका अधिकांश ठाउँका विद्यालयको भवन पक्की बनेको छ । र क्षतविक्षत अवस्थाका भौतिक संरचनाहरु विस्तारै पुरानै स्वरुपमा फर्किन थालेका छन् । त्यो पनि भुकम्प प्रतिरोधात्मक तवरबाट । जिल्लाका पुननिर्माणको काम लगभग अन्तिम चरणमा पुगेको पुननिर्माण प्राधिकरण जिल्ला कार्यन्वयन ईकाई भवन धादिङले जनाएको छ ।

अनुगमन पछि बन्दै गरेको विद्यालयको भवन ।
आवसिय भवनसँगै भुकम्पकका कारण भत्किएका शैक्षिक संस्थाहरु पनि पुननिर्माण हुँदैछन् भने केहि विद्यालयहरुको पुन निर्माणको काम सम्पन्न भईसकेको जिल्ला आयोजना कार्यन्वयन ईकाई धादिङ शिक्षाले जनाएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको भुकम्पबाट पाल्पा सामरी भञ्ज्याङ्ग माध्यमिक विद्यालय पनि अछुतो रहेन । विद्यालयको नयाँ भवन पनि अहिले बनिरहेको छ । पौष महिनादेखी भवन निर्माणको काम सुरु भएको हो ।
विद्यालयको आन्तरीक कारणले गर्दा विद्यायको भवन निर्माणमा ढिलाई भएपनि अहिले भने द्रुत गतिमा काम भईरहेको विद्यालयका प्रधानध्यापक नरहरी लंसालले बताउनुभयो । जिल्ला कार्यन्वयन ईकाई धादिङ शिक्षाबाट प्राप्त अनुदान ६९ लाख ३० हजारको लागतमा विद्यालयको ४ कोठे भवनको निर्माण भईरहेको छ । ‘विद्यालयको आन्तरिक छलफल पछि १२ कोठे भवन बनाउने भनेर सम्झौता भए अनुसार काम शुरु भयो । तर शिक्षाले सर्भेका क्रममा ४ कोठे भवन नभएको तर सम्झौताका समयमा भने ४ कोठे नयाँ भवन बनेको देखेपछि ८ कोठाको मात्र भवन बन्छ भनेर सोही अनुसार काम गरेपछि अन्यौलको अवस्था भएको प्रधानध्यापक लंसालले बताउनुभयो ।

यो विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको भुकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत विद्यालय अवलोकन तथा छलफल कार्यक्रममा हामीले पहिले भएका संझौतादेखिका सबै कुरा छलफलमा राख्यौं प्रधानध्यापक लंसालले भन्नुभयो– ‘यो विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कार्यालयलाई ध्यानाकर्षण पत्र पठाई समस्या समाधानको लागि आग्रह गरेपछि शिक्षाले हामीसँग छलफल गरी यसको समस्या समाधानका लागि अग्रसरता देखायो ।
भवन पर्याप्त नभएपछि हामी चिन्तित थियौं’। यस्तैमा हामीले नियमित रुपमा सहज ढंगबाट पठनपाठन गराउनको लागि हाम्रो विद्यालयलाई १२ कोठा आवश्यकता थियो त्यसैले हामीले हाम्रो हिसावले निर्माण गर्ने सोच्यौ, पछि डिएलपीमा समेत यो कुरा पुगेपछि उताबाट पनि मिल्दैन भन्नुभयो,– त्यसपछि हामी फेरी कसरी विद्यालय भवन बनाउन सकिएला भन्नेतिर लाग्यौं । विद्यालय व्यवस्थापत समिति तथा विद्यालय परिवारको छलफल पछि पुनः हामी जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा कार्यालयमा भवन मागको विषयमा कुरा लिएर पुग्यौ ।

हाम्रो आग्रहलाई शिक्षा कार्यालयले पनि प्राथमिकतामा राखेर पुनः भवनको कार्यक्रम पारिदिनुभयो अहिले पुन भवन निर्माणको काम सुचारु गरेका छौं, त्यहि कारणले पनि अलि समय ढिला हुन पुग्यो प्रधान्यापक लंसालले भन्नुभयो,- ट्रान्सपरेन्सीले त्यत्ती अनुगमन नगरेको भए यो भवनको काम नै अलपत्र नै पर्ने रहेछ । सो एकदिनको कार्यक्रमबाट हामीलाई धेरै राहत मिलेको छ, यो हाम्रो लागि ठुलो सफलता हो । यस अर्थमा हामी ट्रान्सपरेन्सीलाई धन्यवाद दिन चाहान्छौ ।
अहिले विद्यालयमा ८ ओटा कोठाको नयाँ भवन निर्माण भइसकेको छ भने ४ कोठाको भवन निर्माणाधिन अवस्थामा रहेको छ । निर्माणाधिन भवन चैत सम्म सम्पन्न गरिसक्नुपर्ने बताईएको छ । पुरानो ४ कोठा समेत गरी विद्यालयमा अहिले जम्मा १६ कोठाको संरचना छ । यसबाट हामीलाई सहज ढंगबाट पठनपाठनको काम अगाडि बढाउन सहज भएको छ विद्यालयका शिक्षक जनार्दन नेपालले बताउनुभयो ।
