
पृथ्वीराजमार्ग अन्तरगत धादिङको वेनिघाट रोराङगाउँपालिका वडा नम्बर १० जोगीमारामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
चितवनबाट काठमाण्डौं तर्फ आउँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक अनियन्त्रीत भई १ मिटर तल त्रिशुली किनारमा खसेर दुर्घटना भएको हो ।
मंगलबार विहान ३ बजे भएको उक्त दुर्घटनामा परि ट्रकमा सवार २ जनाको मृत्यु भएको छ । मृतक दुवै जनाको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।