समन्वय कप फुटवल प्रतियोगीता अन्तरगत आईतबार ३ खेल भएका छन् । जिल्ला समन्वय समिति धादिङको आयोजना तथा बुद्धभुमी समाज युवा समाज पात्लेको व्यवस्थापनमा निलकण्ठ १ पात्लेमा प्रतियोगीताको आयोजना गरिएको हो ।

आईतबार भएको सिद्धलेक गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका विच भएको खेलमा सिद्धलेक गाउँपालिका विजयी भएको छ । निर्धारीत समयमा भएको खेलमा बराबर भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा सिद्धलेकले ११–९ गोलको अन्तरले सिद्धलेक विजयी भएको छ ।

यस्तै पेनाल्टी सुटआउटमै भएको त्रिपुरासुन्दरी गाउँपालिका र गजुरी गाउपालिका विच भएको खेलमा त्रिपुरासुन्दरी ८–७ को गोल अन्तरले विजयी भएको छ । यस्तै निलकण्ठ नगरपालिका र नेत्रावती डबजोङविच भएको खेलमा निलकण्ठले २–० गोल अन्तरले निलकण्ठ विजयी भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप नगद १ लाख, द्धितिय पुरस्कार ५० हजार र सान्तोना हुने दुई टिमलाई १५–१५ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । भोलीदेखी सेमीफाईनलका खेलहरु हुनेछ ।

Facebook Comments