२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रथम जलमुखी धार्मिक एवं पर्यटन मेला स्थगित, नियमित पुजापाठ भने संञ्चालन हुने

प्रथम जलमुखी धार्मिक एवं पर्यटन मेला स्थगित, नियमित पुजापाठ भने संञ्चालन हुने
सेयर गर्नुहोस्
०सेयर

ऐतिहासिक धरोहरको रुपमा रहेको धादिङकै प्रसिद्ध धार्मिक स्थल प्रथम जलमुखी धार्मिक एवं पर्यटन महोत्सव स्थगित भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएका कारण नेपालमा पनि कोरोनाको जोखीमलाई मध्यनजर राख्दै भेला नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आह्रवान गरेसँगै महोत्सव स्थगित गरेको जलमुखी मन्दिर संरक्षण समितिका सल्लाहाकार एवं मेला आयोजक समितिका सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै शुक्रबार वडा नम्बर ६ ले पनि सुचना प्रकाशन गरि मेला स्थगित भएको जानकारी गराएको छ । मेला कोरोनाका कारणले स्थगित गर्न परेकाले जलमुखी माईको भक्तजन शुभचिन्तकहरुमा पर्न गएको गहिरो निराशा प्रति क्षमयचना गरिन्छ वडा अध्यक्ष अर्जुन अर्यालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

साथै आगामी दिनहरुमा भक्तजनहरुको मनोभावना पुरा गर्ने प्रतिवद्धता जनाउने पनि सूचनामा भनिएको छ । महोत्सव स्थगित भएपनि फागु पूर्णिमाको दिन लाग्ने नियमित पुजापाठ भने चल्ने मन्दिर संरक्षण समितिले जनाएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि नियमित पुजा पाठ सञ्चालन हुने मन्दिर संरक्षण समितिले जनाएको छ ।

जलमुखी गाउँपालिका वडा नम्बर ६ र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सिमानामा अवस्थित यस मन्दिर पौराणिक, धार्मिक तथा ऐतिहासिक किम्वदन्ती अनुसार परापुर्व कालमा साविकको चैनपुर गाविस वडा नम्बर ७ तथा हालको जलमुखी गाउँपालिका वडा नम्बर ६ स्थित राना गाउँमा रहेको कुवाको बीचमा रहेको एक ढुंगा हटाउन खोज्दा ढुंगाबाट रगत निस्किएको र राती सपनामा म जलदेवी हुँ मलाइ गाउँको अग्लो ठाउँमा मन्दिर बनाएर राखि नियमित पुजापाठ गर्नु भनेपछि सबै गाउँले मिलेर उक्त समयमा मन्दिर निर्माण गरी पुजापाठ गर्न सुरु गरिएको इतिहास रहेको छ ।

साथै पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको समयमा नुवाकोट आक्रमण गर्नु पूर्व यस जलमुखीमाई मन्दिरको दर्शन गरि गएकोले नुवाकोट आक्रमण सफल भएको किवंदन्तीमा उल्लेख छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।