मंसिर ९, धादिङ ।
आइतबार दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ । निर्वाचनको लागि आवश्यक सवै कामहरु पुरा भएको निर्वाचन अधिकारी इंश्वर सिंखडाले जानकारी दिनुभयो ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा पनि सतर्कता बढाइएको उहाँले बताउनु भयो । त्यसैगरी जिल्लाका कुल १ सय ९ मतदानस्थलमध्ये अति संवेदनशील र संवेदनशीलको सूचीमा राखेर संवेदनशिल ठाउँहरुको सुरक्षाका लागि प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीहरु सगँको समन्वय गरेर कसरी शान्ति सुरक्षा कायम गर्ने भन्ने कुराको पनि योजनाबद्ध रुपमा काम गरेको बताउनु हुदै उहाँले नजिकिदै गरेको प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनमा सवै मतदाताले भयरहित बातावरणमा आफ्नो मतको प्रयोग गर्न सवै मतदातालाई आग्रह समेत गर्नु भयो ।

त्यस्तै निर्वाचन अवधिभर पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो बीचको घेरामा सशस्त्र प्रहरी र तेस्रो बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ । निर्वाचन अवधिको सुरक्षा र निर्वाचनपछिको सुरक्षा गरी तीन चरणको सुरक्षाको समेत तयारी गरिएको प्रहरी उपरिक्षक धु्रवराज राउतले बताउनुभयो ।

जिल्लामा प्रत्येक मतदान स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरेर १५ देखि १७ जना सम्म सुरक्षाकर्मी खटाइएको राउतले बताउनु भयो । जिल्लामा निर्वाचनका लागि १ सय ९ मतदान स्थलमा २ सय ७५ मतदान केन्द्र कायम गरिएको छ । भोली हुने निर्वाचनका लागि धादिङमा १ लाख १७ हजार ७ सय ८ जना पुरुष, १ लाख १५ हजार ७ सय ९६ जना महिला र १ जना तेस्रोलिङगी गरी २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता रहेका छन् ।

Facebook Comments