२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विश्व एड्स दिवश धादिङमा पनि मनाईयो (फोटो फिचर)

जिल्लामा ९८ जना एचआईभीबाट संक्रमीत

विश्व एड्स दिवश धादिङमा पनि मनाईयो (फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

मंसिर १५, धादिङ ।
विश्व एड्स तथा यौनरोग दिवस आज धादिङमा पनि मनाइएको छ । सरकारी तथा गैरसरकारी सघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि यो दिवस मनाएका हुन् ।

दिवसको अवसरमा आज जिल्ला सदरमुकाम धादिङबेशीमा व्यथा नामक सडक नाटक तथा एचआईभी एड्सबाट दिवंगत भएकाहरुको चिर शान्तीको कामना गर्दै दिप प्रज्वलन गरिएको छ । एड्स तथा यौनरोगको बारेमा जानकारी दिने उद्देश्यले जिल्लाका विभिन्न स्वास्थ्य क्षेत्रमा कार्यरत संघसंस्थाहरुको आयोजनामा धादिङ नाट्य समाजका कलाकारहरुद्धारा सडक नाटक प्रदशर्नी गरिएको हो ।

नाटकमा एड्स रोग के हो ? यो कसरी लाग्छ ? यस रोग लाग्न नदिने के गर्नु पर्छ ? र यस रोग लागेको व्यक्ति प्रति परिवार, आफन्तजन र समाजको भुमिका के हुन्छ भन्ने कुराहरु नाटक मार्फत प्रदर्शनी गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङको तथ्याङ्क अनुसार जिल्लाभर एचआइभि एड्स संक्रमितको संख्या ९८ रहेको जनाएको छ । जसमध्ये २९ जना पुरुष र ३९ जना महिला रहेका छन् । एचआईभीरएड्स संक्रमित मध्ये अहिले ६५ जनाले जिल्ला स्वास्थ्य कार्यलय धादिङ बाट औषधी सेवन गरिरहेका छन् । औषधी प्रयोग गर्नेहरुमा ८ जना बालबालिका र ५७ जना वयस्क व्यक्ति रहेको कार्यलयले जानाएको छ ।

फोटा हेर्नुहोस् :


यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।