२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पहिरोमा परि वेपत्ता भएका तामाङ अझै फेला परेनन्, तालिम प्राप्त कुकुर सहित खोज्न आएका प्रहरी टोली फर्कियो

पहिरोमा परि वेपत्ता भएका तामाङ अझै फेला परेनन्, तालिम प्राप्त कुकुर सहित खोज्न आएका प्रहरी टोली फर्कियो
सेयर गर्नुहोस्
०सेयर


गत असार ४ गते सडक खन्ने क्रममा माथीबाट आएको पहिरोले पुरेर वेपत्ता भएका रुविभ्याली ५ का २० वर्षिय जोजो तामाङ अझै फेला पर्न सकेका छैनन् ।

वेपत्ता जोजोलाई खोज्न आएको प्रहरीको केन्द्रिय विपद् व्यवस्थापन महाशाखा काठमाण्डौंका तालिम प्राप्त कुकुर सहितको प्रहरीको समूहले पनि फेला पार्न नसकेपछि फर्किएका छन् ।

निरन्तरको वर्षातका कारण खोजी गर्न असंभव भएपछि विपद व्यवस्थापनको समूह फर्किएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भणडरीले जानकारी दिनुभयो ।

वेपत्ता तामाङको अहिले स्थानियहरुले मात्र खोजी गरिरहेका छन् । धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङ र तिप्लिङ गाउँको बीचको भीरमा सडक खन्ने क्रममा ४ गते शुक्रबार स्काभेटर सहित २ जना वेपत्ता भएका थिए ।

वेपत्ता मध्ये अर्का स्काभेटर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको भने शव फेला परेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।