२०८३ मंसिर १२, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

उम्मेदवारहरु भोट माग्नमा व्यस्त, आधारभूत विकास मतदाताको माग

मंसिर १६, काठमाण्डौं।
दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आँउन अब ५ दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरु मतदाता भेटघाट र भोट माग्नमा व्यस्त भएका छन् । आँउदो २१ गते निर्वाचन हुने ४५ जिल्लाका उम्मेदवार आ–आफ्ना एजेण्डा सहित मतदाता फकाउनमा व्यस्त छन् ।

मतदाताहरुले भने आफ्ना क्षेत्रको आधारभूत बिकास निर्माणको माग गरिरहेका छन् । यस अगाडी पनि पटक पटक भएका चुनाबबाट जितेका उम्मेदवारले प्रतिवद्धता पुरा नगरेको भन्दै मतदाता असन्तुष्ट छन् । धेरै जसो मतदाताले शिक्षा, स्वास्थ्यको सहजता, पिउनेपानी, सडक, यातायातको सहज र भरपर्दो सुविबधाको माग गरेका बिभिन्न जिल्लाका सामुदायिक रेडियोहरुले जनाएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।