२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज अन्तर्राष्ट्रि अपांगता दिवस मनाइदै

आज अन्तर्राष्ट्रि अपांगता दिवस मनाइदै
सेयर गर्नुहोस्
०सेयर

मंसिर १७, धादिङ ।
आज २६औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । ‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ देशभरी दिवस मनाइदैछ ।

विश्वव्यापी रुपमा भने ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ नारा तय गरिएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछन् । राजधानीमा विहान प्रभातफेरिको आयोजना पनि गरिएको छ । विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि कार्यक्रम गर्दैछन् ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।