मंसिर १७, धादिङ ।
भुकम्प प्रभावित समुदायको पूनलार्भ र प्रतिरोध क्षमता प्रवद्र्धनका लागि संचार तथा सामाजिक परिचालन जनचेतनामुलक सामुदायिक मेला गजुरीमा गरिएकोे छ ।
भुकम्पपछि उत्पन्न भएको असुरक्षित वैदेशिक रोजगारी, मानव बेचविखन र असुरक्षित स्थानागमन जस्ता समस्याहरुको समाधान गर्ने उद्देश्यले युनिसेफको आर्थिक सहयोग, एटविनको साझेदारी र गजुरी गाउँपालिकाको समन्वयमा सिविस धादिङले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा रोजगारीका नाममा हुने विभिन्न किसिमको हिंसाहरुको बारेमा जानकारी गराइएको थियो । त्यसैगरी लैङगिक हिंसा विरुद्ध चलिरहेको १६ दिने अभियानको बारेमा जानकारीका साथै समाजमा अझै पनि व्याप्त रहेको महिला हिंसाहरु के के हुन र तिनको अन्त्यका लागि के गर्नु पर्छ भन्ने कुराहरुको पनि जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्नु हुदै गजुरी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष राज कुमार पण्डितले समाजमा महिलाको हिंसा महिलाबाटै हुने गरेको र यसका अन्यका लागि आफुहरु सदैव लागि पर्ने बताउदै सिविस धादिङले सञ्चालन गर्दै आएको कार्यक्रमहरु प्रभावकारी भएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्नु हुदै वडा नं २ का वडा अध्यक्ष चुडामणी शर्माले सिविस धादिङले भुकम्प पछि संचालन गदै आएको विपद् जोखिम न्युनिकरण्का कार्यक्रम राम्रो भएको बताउदै यसलाई अझ प्रभावकारी बनाई समुदायका मानिसहरुलाई अझ सचेत गराउन आग्रह गर्नु भयो । समाजमा अझै पनि विद्यामान रहेको महिला हिंसा अत्यका लागि गाउँपालिका सदैव तत्पर रहेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा मनोपरामर्श समेत दिइएको थियो ।
वर्तमान परिबेशमा पनि समाजका मानिसहरु मानसिक स्वास्थ्यबाट बञ्चित भएका कारण उनीहरुलाई सहज बातावरण सृजर्ना गर्ने उद्देश्यले मनोपरामर्श सेवा समेत दिइएको हो । कार्यक्रममा रोजगारिका सिलसिलामा महिला तथा पुरुषहरुमा हुने गरेको विभिन्न किसिमका हिंसाहरुलाई विवेकि बुबा नामक कचहरी नाटक द्धारा प्रस्तुत गरिएको थियो । त्यस्तैगरी कविता, मुक्तक र गित मार्फत पनि लैङगिक हिसांको बारेमा जानकारी गराइएको थियो ।
समाजमा किशोरकिशोरी कसरी हिंसाका सिकार हुन पुग्छन् भन्ने कुराको जनचेतना फौलाउने उद्देश्यले डकुमेन्ट्री प्रदर्शनी समेत गरिएको थियो । जस अन्तर्गत गन्तव्य विहीन यात्रामा बालिका नामक जुनकिरी र मिनाको कथा प्रस्तुत गरिएको थियो ।
सिविसका परियोजना संयोजक सन्तोष सत्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका सदस्य सावित्रि सुनारको प्रमुख आतिथ्य रहेको थियो भने गजुरी गाउँपालिका वडा नं १, २ र ३ का वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रध्यानध्यपक, आमा समुह, विद्यार्थीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो ।