२०८३ कार्तिक ३, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न

बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न

बुढीगण्डकीको बाढीले बगाएको आरुघाटको पुल ६ दिनमा मर्मत सम्पन्न भएको छ । बाढीले बगाएको केही भाग तत्काल सुचारु गर्न बेलिब्रिज जोडेर आवतजावत सुचारु गरिएको हो ।

गोरखा र धादिङ जोड्ने सो पुललाई गोरखा सडक योजना कार्यालय र नेपाली सेनाले संयुक्तरुपमा मर्मतसम्भार गरेको हो । रातदिन काम गरेर छिट्टै काम सम्पन्न गरिएको सडक योजना कार्यालयले जनाएको छ ।

गत असोज २५ गतेको बूढीगण्डकीको बाढीले बगाएको पुल आज दिउसो तीनबजे मर्मत कार्य गरिसकिएको हो । आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्ग बीच आवागमन अवरुद्ध भएको थियो।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल