२०८३ कार्तिक ९, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्यो

एक सातापछि खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको छ ।

दसैँपछि आइतबार खुलेको बजारमा सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७८ हजार ५०० रुपैयाँमा झरेको हो । अघिल्लो साता अर्थात् ११ असोज शनिबारका दिन सुन २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १९५ रुपैयाँले घट्दै ३ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो साताको शनिबार चाँदी ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल