नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् ।
आज हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । यो खेल दिउँसो साढे १२ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।
त्यस्तै अर्को खेल बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । हिजो भएको उद्घाटन खेलमा साविक उपाधि विजेता टोली लुम्बिनी लायन्सले यसअघि लगातार दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सलाई ७ विकेटले हराउँदै विजयी शुरुआत गरेको थियो ।
यो खेलमा लुम्बिनीले दबदबा कायमै राख्यो भने सुदूरपश्चिमले अघिल्लो पटक फाइनलमा ब्यहोरेको हारको बदला लिन सकेन । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । एनपीएलमा आउँदो मंसिर ५ गतेसम्म चल्नेछ ।











