२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

किराँत समूदायको उधौली पर्व तथा ज्यापु दिवस आज मनाइदै,

किराँत समूदायको उधौली पर्व तथा ज्यापु दिवस आज मनाइदै,
सेयर गर्नुहोस्
०सेयर

मंसिर १७, धादिङ ।

आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । प्रकृति र पितृको पूजा गरि किराँत समूदायले आफूले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् ।

परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ । किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ । सरकारले आज सार्वजनिक विदा पनि दिएको छ ।
त्यसैगरी आज ज्यापु दिवस तथा य.मरि पुन्हिमनाइदैछ । हरेक धान्य पूर्णिमाका दिन मनाइने राष्ट्रिय ज्यापू दिवसको अवसरमा योमरीलाई विशेष परिकारका रुपमा लिइन्छ ।

योमरी पुन्हिका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यसलाई न्वागीका रुपमा लिन सकिन्छ । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ ।

उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने÷ख्वाउने चलन छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।