
नेपाली काग्रेस धादिङको नीलकण्ठ नगरपालिका र रुविभ्याली गाउपालिकाको अधिवेशन स्थगित भएको छ । काग्रेसभित्रकै दुई पक्षबिचको आन्तरीक विवादका कारण मतदान स्थगित भएको हो ।
नीलकण्ठमा मतदान सुरु भईसकेपछि आचारसंहिता विपरीत गतिविधि भएको र मतदान अधिकृतले असहज परिस्थिति बनेको भन्दै मतदान स्थगित गरेको नेपाली काग्रेस धादिङका जिल्ला कार्यालय समिति सदस्य नबराज तिमिल्सीनाले बताउनुभयो ।
यि दुई बाहेक ११ ओटा पालिकाका सभापति चयन भएको छ । ८ ओटामा सर्वसम्मत र ३ ओटामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको हो । नेत्रावती डबजोङ गाउपालिकामा मतदान प्रकृयाबाट ठाकुर गुरङ सभापतीमा निर्वाचित हुनुभएको छ । त्यस्तै सिद्धलेक गाउपालिकामा रामशरण गिरि र गंगाजमुना गाउपालिकामा फैसिङ तामाङ मतदान प्रकृयाबाट सभापतीमा निर्वाचित हुनुभएको छ ।
त्यस्तै गजुरी गाउँपालिकमा भुमी कंडेल, थांक्रेमा रामप्रसाद विडारी, गल्छीमा दिपक कार्की, ज्वालामुखीमा रेशमलाल काप्री, त्रिपुरासुन्दरीमा राजु उप्रेती, वेनिघाटमा ऋषिनाथ त्रिपाठी, खनियाबासमा मरिचमान तामाङ र धुनिवेशी नगरपालिकामा सुरज उप्रेती सर्वसम्मत चयन हुनुभएको हो ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाको जिल्ला अधिबेशन बिथोलिएको छ । संघिय र प्रदेश निर्वाचन क्षेत्रका अध्यक्षको टुङ्गो लगाए पनि जिल्ला कार्यसमितिको निर्वाचन भने स्थगित भएको छ । अध्यक्षका उमेदवारहरुको बिच सहमति जुटाउन नसकेपछि अधिबेशन नै लम्बिएको हो । सहमती हुन नसके आगामी शनिबार निर्वाचन गर्ने निर्णय गरिएको राप्रपा धादिङका जिल्ला प्रवक्ता ध्रुव खनालले बताउनुभयो ।
राप्रपाका जिल्ला अध्यक्षका लागि नवराज श्रेष्ठ, ध्रुव प्रसाद खनाल, बुद्धि बहादुर तामाङ र सान्त बहादुर तामाङले उमेदवारी दिनुभएको छ । राप्रपा धादिङको जिल्ला अधिबेशन गत विहिबारदेखि सुरु भएको थियो ।