११ असोज ।
हिजो आज तेल कहाँ पाइन्छ भन्दा धेरै बालबालिकाले प्याकेट, काटुन तथा बोतलको नाम लिन्छन् । अनि चामल बोहोरामा फल्छ भन्नेहरु पनि धेरै छन् । कमै बालबालिकालाई मात्रै जानकारी होला कि, खेतवारीमा फलेको तोरी, तिल भट्टमास जस्ताबाट पेलेर तेल बनाइन्छ । अनि विभिन्न जातजातिका भेषभुषा, रितिरीवाज, कला संस्कृति हिजो आज विस्तारै लोप हुदै गएको छ । त्यसैले, फोटो मार्फत यस्तै जिउँदो इतिहास खोज्दैछन्, धादिङका फोटो ग्राफरहरु ।

प्रतियोगितामा विविध पाँच विधामा १ सय ४७ फोटो मध्ये धादिङ अपडेटका कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले खिचेको फोटो कला संस्कृति, धर्म विधामा प्रथम भएको छ । श्रेष्ठले धादिङको नीलकण्ठ नगरपालिका ६ भैरवी मन्दिरमा पुजा गर्दा ९ वर्षिय बालक राजकुमार परियारले नगरा बजाएको फोटो प्रतियोगितामा समावेश गर्नु भएको थियो ।

हाम्रो धादिङ राम्रो धादिङ भने जस्तै जहाँ धार्मिक तथा पर्यटकिय दृष्टिकोणले सवल र विशेष महत्व बोकेको छ । यस्ता गहना सधै जोागाइ राख्न नसकौंला तर हामीले खिचेका फोटोले सधैव इतिहास बोल्ने हुदा फोटो खिच्न र इतिहास जोगाउन सकिन्छ । श्रेष्ठ भन्नुहुन्छ– तस्विर आफै बोल्छ, हजारौ शब्दले बोल्न नसकेको कुरा एक तस्विरले बोल्ने र इतिहास जोगाउन सहयोग पुग्ने फोटो खिच्न थालेपछि थाहा पाएको श्रेष्ठले बताउनुभयो ।

फोटो पत्रकार संघ धादिङले आयोजना गरेको प्रतियोगितामा श्रेष्ठसँगै दैनिक जनजीवन बिधामा सुशील श्रेष्ठ, पर्यटन बिधामा लाला गुरुङ, महिला तथा बालबालिका विधामा सागर बस्नेत र आर्थिक विधामा पुजा थापाले खिचेको फोटो उत्कृष्ट भएको हो । नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङले आयोजना गरेको दोस्रो खुल्ला फोटो प्रतियोगीतामा धादिङको इतिहास झल्किने खालका फोटोहरु प्रतिस्पर्धामा समावेश गरिएको थियो ।

कृषि, पर्यटन, मानविय संवेदना, शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति, खेलकुद र जिल्लाका ऐतिहासिक महत्व बोकेका फोटोहरु समावेश भएको थियो । फोटो पत्रकारितालाई संस्थागत चुस्त दुरुस्त बनाउँदै लैजाने योजना अनुरुप विश्व पर्यटन दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको नेपाल फोटो पत्रकार संघ जिल्ला शाखा धादिङका अध्यक्ष मनिष दुवाडीले बताउनुभयो ।

उत्कृष्ट फोटो खिच्ने पाँच जनालाई नगद २० हजार पुरस्कारसहित ट्रफी र सम्मानपत्र प्रदान गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समुह नेपालका अध्यक्ष फोटो पत्रकार प्रदिपराज वन्त, महासचिव नवराज श्रेष्ठ, काठमाडौ फोटो ग्राफर संघको अध्यक्ष दिगंबर राजबंशी रहेको निर्णायक मण्डलद्धारा प्रतियोगीतामा उत्कृष्ठ फोटो छनोट गरिएको हो ।

अर्जुन श्रेष्ठ रेडियो धादिङका कार्यक्रम संयोजक र नयाँ पत्रिका दैनिकमा धादिङबाट समेत रिपोर्टिङ गर्नुहुन्छ ।

Facebook Comments