२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

खड्क बहादुर गुरुङको व्यक्तीगत सहयोगमा काफलपानी गाउँको सडकमा बत्ती बल्न सुरु

खड्क बहादुर गुरुङको व्यक्तीगत सहयोगमा काफलपानी गाउँको सडकमा बत्ती बल्न सुरु
सेयर गर्नुहोस्
०सेयर

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ९ काफलपानी गुरुङ गाउँका सडकमा बत्ती बल्न सुरु गरेको छ । समाजसेवी एवं निर्माण व्यवसायी खड्क बहादुर गुरुङको व्यक्तीगत पहलमा बुधबारदेखी सडक बत्ती बल्न सुरु गरेको हो ।

बुधबार एक कार्यक्रमका विच समाजसेवी खड्क बहादुर गुरुङ र उहाँकी श्रीमती सिता गुरुङले संयुक्त रुपमा सडक बत्तीको उद्घाटन गर्नुभएको हो । करिब ३ लाखको लागतमा सडक बत्ती जडान गरिएको हो । काफलपानी गुरुङ गाउँदेखी धादिङकै प्रसिद्ध धार्मिक स्थल जलमुखी मन्दीर सम्म बत्ती जडान गरिएको छ ।

यसअघि खड्क बहादुर गुरुङकै सहयोगमा ज्वालामुखी गाउँपालिकाको काउलेडाँडादेखी जलमुखी मन्दिर सम्म जाने बाटोमा बत्ती जडान गरिएको थियो । बत्ती बल्न सुरु भएपछि यतिबेला स्थानियहरु हर्षित भएका छन् । रातको समयमा हिड्डुल गर्न निकै समस्या हुन्थ्यो तर आजदेखी त्यो समस्या समाधान भएको स्थानियहरु बताउछन् ।

आफु सँग पैसा धेरै भएर भन्दा पनि आफु जन्मेको गाउँ भएकाले मात्रै सहयोग गरेको समाजसेवी खड्क बहादुर गुरुङले बताउनुभयो । रातको समयमा हिडडुल गर्न सहज होस् र गाउँमा आपराधिक क्रियाकलाप नहोस् भन्ने उद्देश्यले सडक बत्ती बाल्न सहयोग गरेको उहाँले बताउनुभयो ।

स्थानियहरुले सडक बत्ती राखिदिएको खुशीयालीमा गुरुङ दम्पत्तीलाई आज बाजागाजा र फुलमाला अविर लगाएर जलमुखी मन्दिर सम्म पु¥याईएको थियो । गुरुङले गाउँमा हुने विभिन्न सामाजिक कामदेखी विकास निर्माणका काममा समेत सहयोग गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिद्वारा अवरोध
सोही गाउँका वडा सदस्य छनुमाया गुरुङले भने आफुलाई नसोधी बत्ती बालेको भन्दै विरोध जनाएका छन् । वडा सदस्य गुरुङले आफुलाई नसोधी बत्ती बालेको भन्दै स्थानिय माथी हातपात समेत गरेका छन् । आफु जनप्रतिनिधि भएकोले जे काम गर्दा पनि आफ्नो अनुमती लिनुपर्ने भन्दै स्थानियलाई हातपात गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।