नेकपा एमालेले दशौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनका लागि उद्घाटन स्थल र बन्द सत्र स्थलको बाँकी काम आजसम्म सकिने नेकपा एमालेले जनाएको छ ।

नेकपा एमाले निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले महाविधेशनमा सुरक्षाका लागि ५ हजार स्वयम् सेवक खटाइने जानकारी दिनुभयो । एमालेले उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स राखिने जनाएको छ ।

महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको एमाले निर्वाचन समितिले जनाएको छ । यसैबीच नेताहरु आ–आफ्नो समुह बनाएर पदाधिकारीको लागि उम्मेद्वारी दिने तयारी पनि गरिरहेका छन् ।

एमालेका नेता सुवास चन्द्र नेम्वाङमा वरिष्ठ उपाध्यक्षमा लागि आफुले सर्बसम्मतिका लागि प्रयास गर्ने नभए चुनाव पनि लड्ने बताउनुभयो । उपाध्यक्ष भिम रावलले अध्यक्ष पदमा र नेता महेश बस्नेतले सचिव पदमा यसअघि नै उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ ।

अरु कसैले पनि खुलेर आप्mनो उम्मेद्वारी घोषणा गरेका छैनन् । तर भित्रभित्रै छलफलमा भने जुटेको बताएका छन् । यसैबीचमहाधिवेशन उद्घााटनका लागि अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ ।

Facebook Comments