पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ चालिसेमा मालबाहक ट्रकले ठक्कर दिदा ११ वर्षिया बालिकाको मृत्यु गएको छ । एक जना घाइते भएको छ ।
विरगञ्जबाट काठमाडौ जादै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री सिद्धलेक गाउँपालिका १ नलाङनिबासी आमा छोरीलाई ठक्कर दिदा छोरी कृपा अर्यालको घटनास्थलमै मृत्यु भएको हो भने आमा घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिनुभयो ।
डिएसपी रिमालका अनुसार दुर्घटनामा परि घाइते मिठु अर्यालको गजुरीमा रहेको स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।