
धादिङको खनियाबास गाउँ पालिका वडा न १ मा ख्रीस्टियन हरुको महान पर्व ख्रीस्टमसको अवसारमा ख्रीस्टमस विशेष शुभकामना आदानप्रदान तथा गरिब जेहेन्दार विद्यार्थी हरुलाइ झोला बितरण गरेको छ ।
नेकपा माओवादी केन्द्र खनियाबास गाउँ पालिका वडा न १ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौमा बसि सामाजिक सेवामा क्रियासिल ओबेद तामाङको सहयोगमा जेहेन्दर ३० जना विद्यार्थीहरुलाइ झोला बितरण गरिएको सन्दीप स्याम्चेनले जानकारी दिनुभयो ।
खनियाबास गाउपालिका वडा न १ नेकपा माओवादी केन्द्र पार्टी अध्यक्ष नसुन तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा छप्चेत प्रतीज्ञा मण्डलीका पास्टर मेन्ल्हु तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले वडा १ का पार्टी अध्यक्ष अब्राहम तामाङ ,नेपाली काङ्ग्रेस वडा न १ कै पाटी अध्यक्ष हरिचन्द्र तामाङ ,नेकपा समाजवादी पार्टीका अध्यक्ष मीन लामा तामाङ लगयत विभिन्न मण्डलिका पास्टरहरुले शुभकामना आदानप्रदान गरिएको थियो भने अगुवा बिस्वासी हरुको उपस्थिति रहेको थियो ।