२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस’ आज मनाइँदै

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस’ आज मनाइँदै
सेयर गर्नुहोस्
०सेयर

इसाई धर्माबलम्बीहरूको महान पर्व ‘क्रिसमस’ आज नेपालसहित विश्वभर मनाइँदैछ । कोरोना महामारीका कारण यसवर्ष पनि अन्य वर्षहरूको तुलनामा क्रिसमस सामान्य रुपले मनाउन लागिएको हो ।

प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउने गर्छन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवायुवती पनि रमाउने गरेका छन्।आजभन्दा २ हजार २० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमको गर्भबाट येशुको जन्म भएको इतिहास छ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने गरेका छन्।

राष्ट्रपतिको शुभकामना

यसैबीच,राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवाले पनि क्रिसमसको अवसरमा शुभकामना दिनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।