स्थानिय तहले ऐन नियम बनाउँदा सबै नागरिकको विचारलाई समेट्नु पर्ने नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

आइतबार धादिङवेशींमा भएको स्थानिय तहमा कानून निर्माणको अभ्यास, कार्यन्वयनको अवस्था र मानव अधिकार कार्ययोजना लगायतका विषयमा भएको जिल्ला स्तरिय छलफलमा सहभागी नागरिक समाजका अगुवाहरुले यस्तो बताएका हुन् ।

ऐन नियम कानून निर्माण गर्दा सबैलाई समेट नसके पनि कम्तीमा विषय विज्ञलाई राखेर छलफल गरि निष्कर्श निकाल्नुपर्ने उनिहरुको भनाई थियो । स्थानिय तहले पहिलो पटक ऐन नियम कानून निर्माण गरेका कारण केही कमिकमजोरी भने भएको निलकण्ठ नगरपालिकाका वडा अध्यक्षहरुले बताएका थिए । ऐन नियम बनाउँदा विषय विज्ञलाई समेट्न नसकिएको वडा नम्बर २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङले बताउनुभयो ।

सबै स्थानिय तहको पहिलो अभ्यास भएका कारण स्थानिय संघ संस्था,नागरिक समाज, सरोकारवाला, विषय विशेषज्ञलाइृ समेट्न नसकिएको वडा नम्बर ६ का वडा अध्यक्ष उद्धव रिजालले बताउनुभयो । ऐन बनाउने प्रक्रियामा जनप्रतिनिधिहरु नै अन्योलका अवस्थामा भएका कारण कमजोरी भएकाले आगामी दिनमा सच्याउँदै जाने उहाँले बताउनुभयो । यस्तै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले ऐन निर्माण गर्दा सरोकारवालाहरुसग छलफल गरेर मात्र सुझावलाई मस्यौदामा स्थान दिएर पुर्णता दिनुपर्ने बताउनु भयो ।
सञ्चार नितिको लागि पत्रकार महासंघ सँग समन्वय गर्नुपर्ने र अन्य विषयको ऐन निर्माण हुँदैछ भने सोही विषय विज्ञसँग छलफल गरि ऐन निर्माण गरि कार्यन्वयनमा ल्याउनुपर्ने बताउनुभयो कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, गैर सरकारी महासंघ धादिङका इन्द्रमान शाक्य महिला अधिकारकर्मी भगवती उप्रेती, अपाङ्ग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडा, धादिङ बारका अध्यक्ष कृष्णराज अधिकार लगायतले कानुन निर्माणको लागि आवश्यक सल्लाह सुझाव सहितका भनाईहरु राखेका थिए ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत डेक नेपाल यूएसएडको सहयोगमा कार्यक्रम भएको हो ।

Facebook Comments