धादिङमा फोटो सहितको मतदाता नामावली दर्ता कार्य जारी छ । जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलय धादिङ्गमा निर्वाचनको मिति घोषणा नहुन्जेल सम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।
निर्वाचन कार्यालय धादिङले मंसिर १७ गते देखि पुस ८ गतेसम्म प्रत्येक पालिकामा नै फोटोसहितको मतदाता नामावली संकलन अभियानमा संचालन गरेको थियो ।
नाम दर्ता गर्न छुट भएकाहरुले अनिर्वाय रुपमा सक्कल नेपाली नागरिकता सहित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय धादिङबाट समेत नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।