धादिङमा सोमबार १ सय ८८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
सोमबार भेरोसिल खोपको पहिलो, दोस्रो मात्रा र मोर्डना खोपको पहिलो मात्रा लगाइएको हो । जसमा भेरोसिलको पहिलो मात्राको खोप लगाउने संख्या ५ जना महिला, ६ जना पुरुष गरी जम्मा ११ जना र ४७ जना महिला, २१ जना पुरुष गरी जम्मा ६७ जनाले भेरोसिलको दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
त्यस्तै ४७ जना छात्रा र ६३ जना छात्र गरी जम्मा १ सय १० जनाले मोडर्ना खोपको दोस्रो मात्रा लगाएका छन् ।