२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भुतपुर्व सैनिक कृषि सहकारी संस्थाको वार्षिकोत्सबको अवसरमा रक्तदान

भुतपुर्व सैनिक कृषि सहकारी संस्थाको वार्षिकोत्सबको अवसरमा रक्तदान
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङबेसीमा रहेको भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिकोत्सबको अवसरमा २९ जनाले रक्तदान गरेका छन् ।

सोमबार जिल्ला अस्पताल धादिङको परिसरमा सम्पन्न भएको रक्तदानमा ११ जना महिला र १८ पुरुष गरि जम्मा २९ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।

साथै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङले बढ्दो रगतको अभावलाई न्यूनीकरण गर्ने उदेश्यले विभिन्न स्थानमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।